जुवातास खेलिरहेका १८ पक्राउ
काठमाडाैं | कात्तिक ११, २०७९
काठमाडौं । प्रहरीले नागार्जुन नगरपालिका–७ स्विट्जरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यू रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसमेत १८ जनालाई बिहीबार राति पक्राउ गरेको जनाएको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८२ हजार पाँच सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।
पोखरा: पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेल...
पोखरा: अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएक...
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

